जाडोमा जोगिनु : सुरेश चन्द्र घिमिरे

जाडोमा जोगिनु : सुरेश चन्द्र घिमिरे

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

१) अँगाल्दै तन
यो जाडो महिनामा
न्यानो नमन
२) होला धिक्कार
बृद्धबृद्धाहरू नै
पर्लान् शिकार
३) छोप्छ चण्डीले
आफ्नोे तन स्याहार्नु
भेट्ला ठण्डीले
४) यही काइदा
तताउनु शरीर
हुन्छ फाइदा
५) उपदेश यी
बिहानको घाममा
भिटामिन डि
६) नगर्नु खाली
पानी खानु प्रसस्त
नित्य उमाली
७) होला लफडा
पहिरिनु जाडोमा
न्यानो कपडा
८) जोगिने पक्ष
हाइनेक लगाए
घाँटी छोप्दछ
९) मानव चारा
गेडागुडी झोल नै
पोष आहारा
१०) तेलले घस्नु
अति ठन्डी भएमा
घरैमा बस्नु

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।