चार मुक्तक : सुजन डोटेल
कपन अनलाइन
काठमाण्डौ ,पुस २६।
मुक्तक १
जितेर पनि हारेको जिन्दगी बाँचेको छु
आँसुले सिरानी भिजाई रात काटेको छु
दुनियाँ सबै थपडी मात्रै बजाउँछन् यहाँ,
मन भित्र दुःख पीडा लुकाई हाँसेको छु ।
मुक्तक २
मैले लेखेको हार्ने हजुरको कहानी हो
निराशा भित्र बाँचेको एक जिन्दगानी हो
सुख सयलमा रमाएकालाई के थाहा दुःख,
आँसु बेचेर खरिद गरेको एक रुमानी हो ।
मुक्तक ३
प्रेममा पागल हुने म पहिलो हुदै होइन
आँसुले मुहार धुँने म पहिलो हुदै होइन
आफ्नै मुटु छुट्टिएर छातीबाट गए पछि,
छाती पिट्दै सम्झि रुँने म पहिलो हुदै होइन ।
मुक्तक ४
भएको पनि सबै बाँकी केही नराखी गुमाएँ मैले
जिन्दगीको बाटोमा आफ्नाहरू धेरै छुटाएँ मैले
न आफ्नो भने जस्तो भयो न सोचेको पूरा भयो,
बादरको घर जस्तो जिन्दगी आफ्नै बनाएँ मैले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
