चार मुक्तक : अरुण कुमार भुजेल
कपन अनलाइन
काठमाण्डौ ,पुस १९।
मुक्तक १
सही नेतृत्व नगरेर नौटङ्की गर्छन् नेताहरू
आफ्नै गोजी भर्न मात्रअघि सर्छन् नेताहरू
देश अनि जनतालाई कङ्गाल बनाएर सधैँ,
आफ्नो र परिवारको ढुकुटी भर्छन् नेताहरू।
मुक्तक २
चन्दनको बृक्षमा पनि बिषालु सर्प बस्छ रे
मौका पाउने साथै त्यसले पनि डस्छ रे
दुष्ट मानिसको व्यवहार सर्पको जस्तै हुँदा,
सोझाका आँखाबाट आँसु अविरल खस्छ रे ।
मुक्तक ३
चिन्ता नगर आमा चिसो चुलो बाल्छु भन्थ्यो
टाउकोभरिको ऋणको भारी फाल्छु भन्थ्यो
उसैको टाउको ताकेर गोली ठोक्यो निर्दयीले,
जसले बाआमालाई खुसीले पाल्छु भन्थ्यो ।
मुक्तक ४
घरको चुहिने छानोहरू टाल्ने काम गर्नु पर्छ
विकृति र विसङ्गतिहरू फाल्ने काम गर्नु पर्छ
जन्म दिनेबाआमालाई वृद्धाश्रममा हैन साथी,
आफ्नै घरमा श्रद्धापूर्वक पाल्ने काम गर्नु पर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
