चार मुक्तक : मनिता बस्नेत (खड्का)

चार मुक्तक : मनिता बस्नेत (खड्का)

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।
मुक्तक १
झिनामसिना भन्नेका मुखै टालिदिए
मुसा मार्न हिडेकाले बाघ ढालिदिए
आलाकाँचा भनिएका ती नयाँ पुस्ताले,
भ्रष्टाचारी तर्साइ, अकुत धन बालिदिए ।
मुक्तक २
अधेरी रातको जून बनी झिलमिलाउछु
तिम्रो लागि खुसीको बहार बनी आउछु
तिमी हुन्छ भन्छौँ भने, यी हात थाम्छौँ भने,
यो मुटु भरि, मन भरि तिमीलाई सजाउछु ।
मुक्तक ३
चुस्स चुस्स चिया चुस्की लाउदै गफ गरांैला
घामको झुल्को कता डुल्छ उतै तिर सरांैला
आउ प्यारा, यो चिसो मौसमको मज्जा लिदै,
तर्क वितर्क निकाल्दै न्यानो सद्भाव छरौंला ।
मुक्तक ४
सुखदुःख पन्छाएर जिउनुको मज्जा बेग्लै हुन्छ
जाडोमा चुस्स चिया पिउनुको मज्जा बेग्लै हुन्छ
आउ साथी हामी मनको बह पोखी हलुका बनौं,
फाटेकोमन सम्हाली, सिउनुको मज्जा बेग्लै हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।