जोगाउँ कला साहित्य : अञ्जु चालिसे (रुपाञ्जली)

जोगाउँ कला साहित्य : अञ्जु चालिसे (रुपाञ्जली)

कपन अनलाइन

काठमाण्डौ ,पुस १२।

जब हामी बोल्छौँ आफ्नै भाषा, प्रष्ट उच्चारणले,
जब हामी लेख्छौं आफ्नै कथा, शुद्ध आचरणले ।

तब मात्र हाँसि रहन्छ देश, नेपाल रमाउँदै,
तब मात्र बाँचि रहन्छ देश, विश्वमा मुस्कुराउँदै ।

बलिदान रगत र सिमाना मात्र, नबनोस् नेपाल
भाषा, साहित्य, कलाले पनि, बचाउँछ इतिहास ।

युगौं युग बाँचि रहनेछ देश, नेपालीको धड्कनमा,
शान्तिको सन्देश फैलाउँछ सदा, सम्पूर्ण जगतमा ।

पाटी र पौवामा बाँचेको संस्कृति, हामी नेपालीको,
जात्राको रङ्गमा हाँसेको जीवन, हामी नेपालीको ।

मूर्ति र कलामा उभिएको हाम्रो, धर्म र संस्कृति पनि,
यात्रा र साहित्यमा बाँचेको संस्कार, जन–जातिको परिभाषा बनी ।

सांस्कृतिक कला, मूल्य मान्यता, पुस्तालाई सम्झाउ,
सीमाको इतिहासले पुग्दैन अब, भाषा साहित्य जोगाउँ ।

कला–संस्कृति, भाषा–साहित्य बचाए देशको,
हाँस्दछ इतिहास, बाँच्दछ भविष्य गर्भिलो राष्ट्रको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।