चार मुक्तक : सुनिता बराल
कपन अनलाइन
काठमाडौं,पुस ६।
१ .
भगवानबाट तिमीलाई छिन्न सकिन
सानै थिएँ तिमीलाई चिन्न सकिन
तिमी नहुँदा साह्रै विचलित छु आमा
तिमीले देखाएको बाटो हिन्न सकिन
२.
सात समुद्रपारि छौ कसरी सहारा बन्छौ तिमी
मेरो मृत्युमा कसरी आइपुग्छु भन्छौ तिमी
बुझेनौ मनका ती भावनाहरू कहिल्यै कतै
अथाह सङ्घर्षका पलहरू कसरी गन्छौ तिमी ।
३.
आजकल मलाई कसैको पनि आश लाग्दैन
दुःखका घडीहरू आउँछन् भन्ने त्रास लाग्दैन
बितेका पलहरूले पाठ सिकाएर जाँदो रहेछ
कसैका मिठा आस्वासन पनि खास लाग्दैन ।
४.
अरुको दुःखमा खुसी मान्ने धेरै छन्
धैर्यतालाई कमजोरी ठान्ने धेरै छन्
आत्मियताको परिचय दिँदै घुलमेल भई
सहयोगी हात हैन खुट्टा तान्ने धेरै छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
