नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को १८ औ साधारण सभा सम्पन्न,को को छन कार्यसमितिमा ?

नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.को १८ औ साधारण सभा सम्पन्न,को को छन कार्यसमितिमा ?

कपन अनलाइन

काठमाडौं,पुस ६।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ -१२ को १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता तथा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा विभिन्न प्रतिवेदन पारित गर्नुका साथै नयाँ कार्यसमिति पनि चयन गरेको थियो।

काठमाडौं महानगरपालिका वडा नं  ४ धुम्बाराहीमा रहेको सुर्य क्याटरिङमा भएको सो साधारण सभामा विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रवन्धकहरुको उपस्थिति रहेको थियो।

संस्थाका उपाध्यक्ष विष्णु प्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको सो साधारण सभाको उद्घाटन शत्रको संचालन सचिव गणेश प्रसाद भट्टराईले गरेका थिए।

को को भए कार्यसमितिमा चयन ?

अध्यक्ष : नेत्र प्रसाद आचार्य

उपाध्यक्ष : विष्णु प्रसाद भट्टराई

सचिव :रामबाबु नेपाल

कोषाध्यक्ष नवीन आचार्य

सदस्य : रविन्द्र भट्टराई

सदस्य : पदम प्रसाद आचार्य

सदस्य : अमृता आचार्य भट्टराई

लेखा समिति :

संयोजक : हरि प्रसाद सिग्देल

सदस्य : वर्षा भट्टराई

सदस्य : शेखर प्रसाद चालिसे

तपाइँको प्रतिक्रिया ।