गजल : लीलाराज दाहाल

गजल : लीलाराज दाहाल

कपन अनलाइन

काठमाडौं,पुस ५।

हरेक दिन जसो मर्दैछ यो शहर
बाँचे जस्तो मात्रै गर्दैछ यो शहर !

हाहाकारमा सधैं रमाइरहन्छ
ईमानमा तल झर्दैछ यो शहर !

हुनेलाई छ सधैँ यहाँ मोजमस्ती
नहुनेलाई आँखा तर्दैछ यो शहर !

ईमानदार कसरी बाँचुन् विचरा
अभावको जहर छर्दैछ यो शहर !

समान बितरण कहाँ छ यहाँ खै
आफ्नै झोली मात्रै भर्दैछ यो शहर !

बेइमानले लैजान्छ तक्माहरू त
तस्करमाथि भर पर्दैछ यो शहर !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।