आखिर सुख कहाँ छ : निमबहादुर ओली ( कविता )

आखिर सुख कहाँ छ : निमबहादुर ओली ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २८।

निस्केँ घरबाट साह्रै बिरक्तिएर पाइन्छ सुख बाहिर भनी
पुगिन कहाँ डुलिन कहाँ एकएक रोज्दै रोज्दै छानीछानी

आशा लाग्यो मन दौड्यो आफन्तकोमा पो पाइन्छ कि ?
छैन रहेछ त्यहाँ पनि भनी मनले भन्यो अन्त्यै पो छ कि

दौडियो मन हावा सरी भेट्नै गाह्रो नेताले पो दिन्छन् कि
मर्यो  आशा पुग्दा त्यहाँ झन, असन्तोष मात्र पो रहेछ कि

पाउनै सकिन बरालिँदा जसलाई सुख नचाहिएको होस्
झुलेका भट्टीमा समेत भेटिए दुखलाई मेट्न किन नहोस्

सुखकै लागि पुगेका छन् आज मुनाहरू देशदेशावर सम्म
मिलेपछि सुख पाइन्थ्यो कि, हामी पनि स्वर्गमा सरी रम्न

पाउनै असम्भव ठाउँ जहाँ दुख छोडिदेउ सुख लिएर जाउ
फेरि पनि समस्या पर्यो  भने घुमीघुमीकन मेरो घरमा आउ ।

दिए ग्यारेन्टी कसैले, सुख यहाँ छ भनि दसै दिशा चहार्दथें
राख्दैनथें कुनैकसी यस सँसारका देवीदेवता समेत गुहार्दथें ।

थाकेको छैन अझै पनि गम्दैछु, मेरो पथ नै फरक प¥यो कि
ल्हासा जानु कुतिको बाटो हिँडेपछि सुख झन टाढियो कि ।

न कुँद हावासरी न उफ्र मृग सरी राम्रो चिज कसैले दिदैनन्
आफ्नै देहभित्र लुकेको दिव्य अनुभूति देवताले पनि हर्दैनन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।