केही व्यङ्ग्यात्मक हाइकू : मुकुन्द आचार्य
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
१. खाओ नेता हो
श्राद्धको भोज खाओ
आफ्नो आमाको ?
२. जीवन जाने
दिन– वर्ष–महिना
शोक कि हर्ष ?
३. लक्ष्मीको पाउ
सरस्वतीले पुज्ने
खै पीडा बुझ्ने ?
४. देशमा शान्ति
बुद्ध संगै गएछ
यो के भएछ ?
५. मान्छे आकृति
बिकृति नै बिकृति
देश दुर्गति !
६. अपराध हो
जनता लुटेर खानु
सुनको छानु !
७. स्कुटीमा पैन्टी
आँखाको ज्योति बढ्यो
दुर्घटना भो !
८. कुर्सी माहात्म्य
राजनीति शास्त्रको
मुख्य विषय !
९. पंच तत्वको
अति नै महत्वको
शरीर जाबो !
१०. नेपाली त्रस्त
नाइके लुट्न मस्त
नेपाल ध्वस्त !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
