युवाले देश हाँकून् : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
छन् स्वार्थका नै भल भेल ज्यादा
र मार्गमा छन् अनगिन्ति बाधा
उस्तै सबै छन् कुन आस राखून्
जागी युवाले अब देश हाँकून् ।१।
यो देश मेरो छ पवित्र धाम
यहाँ नहोउन् अपवित्र काम
स्वतन्त्रताको पथ रम्य राखून्
ज्ञानी युवाले अब देश हाँकून् ।२।
विकासका काम तमाम गर्दै
सुशान्तिको घाम समग्र छर्दै
र लिम्पियाको दुख दर्द ढाकून्
आँटी युवाले अब देश हाँकून् ।३।
पहाड पाखा अनि यी तराई
चुली हिमाली सबको रमाई
उस्तै छ माटो सब पुज्न लागून्
हाम्रै युवाले अब देश हाँकून् ।४।
कोही असाध्यै धनधान्यपूर्ण
कोही त भोका अनि हीन जीर्ण
अन्याय कोलाहल दूर राखून्
उठ्दै युवाले अब देश हाँकून् ।५।
यो यो यताको र उता नभन्दै
आपूm जहाँ हो त्यसबाट उठ्दै
माया र सम्मान दिँदा नथाकून्
प्यारा युवाले अब देश हाँकून् ।६।
प्याारा इसारा परको नखोजून्
पोको अनेकौँ ऋणको नरोजून्
आफैँ बनी जागृत दुख्ख ढाकून्
आई युवाले अब देश हाँकून् ।७।
छोडून् कुदी धाउन त्यो विदेश
युवाविना यो रहँदैन देश
कर्तव्य रोज्दै पथ सभ्य लागून्
ढाक्दै युवाले अब देश हाँकून् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
