छल : भागीरथी ज्ञवाली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
हो
तिमी
जसरी
बलजफ्ती
समेत गरी
आफ्नै त्यो कुर्सीमा
निरन्तर थामिने
प्रयास गरी रहन्छौ
फेरी उम्मेदवार बनी
जनता झुक्याउने यो खेल
भाषण र आश्वासनका
सपना कति पो बाँड्छौं
अब त हामी पनि
बुझ्ने पो भै सक्यौं
नफकाउ भो
न झुक्याउ
अब त ।
अति
भो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
