पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल : कैलाली र चावहिल सेमिफाइनलमा

पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल :  कैलाली र चावहिल सेमिफाइनलमा
कपन अनलाइन
काठमाण्डौ, असोज २७।

कैलाली र चावहिल स्पोर्ट्स क्लब ‘ए’ पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कैलालीले चावहिलको अर्को ‘बी’ टोलीलाई सडन डेथ (७–६) ले पराजित ग¥यो । कैलालीका गोलरक्षक सुदन बोहरा ‘म्यान अफ द म्याच’ घोषित भए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
चावहिल ‘ए’ ले बुटवलको वडा ६ लाई २–० ले हरायो । ‘म्यान अफ द म्याच’ हरिकृष्ण महर्जन र दीपक लामाले गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बानेश्वर फ्रेन्डसिप र फ्रिडम फाइटर ‘बी’ पनि सेमिफाइनलमा पुगे ।
बानेश्वरले चितवन भेट्रानलाई ४–२ गोलले पाखा लगायो । बानेश्वरका ‘म्यान अफ द म्याच’ युद्ध शाहीले २ तथा पवि केसी र नारायण कार्कीले समान १–१ गोल गरे । चितवनका रविन्द्र श्रेष्ठ र आनन्द श्रेष्ठले गोल फर्काए । फ्रिडम ‘बी’ ले हेटौंडालाई २–० गोलले पन्छायो । विजेताका ‘म्यान अफ द म्याच’ कृष्ण मालाकार र राजकुमार केसीले गोल गरे ।
सेमिफाइनलमा फ्रिडम ‘बी’ को भेट कैलालीसंग हुनेछ भने चावहिल ‘ए’ ले बानेश्वरको सामना गर्ने छ । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।