दुखेसो : ढुण्डीराज मरासिनी (कविता )

दुखेसो :  ढुण्डीराज मरासिनी (कविता )

कपन अनलाइन

काठमाण्डौ,भाद्र २८।

हाम्रा झरेर आँसु कुन नेत्र पो रसायो ?
हाम्रा पढेर पीडा कस्लाई चोट लायो ?
आँखारसाइ राछन् मर्नु न बाच्नु भाछन्
बुझ्छु म मर्म भन्थो खै त्यो कता हरायो ?
साख्खै भएर आयो खुट्टापनि समायो,
घर्मा बँचे खुचेको सामल समेत भ्यायो,
निर्लज्ज रैछ कस्तो साँच्चै उडूस जस्तो
बुझ्छु म दर्द भन्थो खै त्यो कता हरायो ।
पैरोले घर्घिसा¥यो बाढीले खेतखायो,
आँसु बनेर खोला इच्छा सबै बगायो,
सुन्छु म त्यो त आज ठूलै सहर पसेर
बस्ने महल् र सुत्ने राम्रै पलङ् बनायो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।