श्री जनता माध्यमिक विद्यालय, पाटनमा विज्ञान शिक्षक आवश्यकता

श्री जनता माध्यमिक विद्यालय, पाटनमा विज्ञान  शिक्षक आवश्यकता

कपन अनलाइन

काठमाण्डौ,भाद्र २८।

पाटन नगरपालिका–८, बैदडीस्थित श्री जनता माध्यमिक विद्यालय अर्माडामा विज्ञान विषयका लागि शिक्षक आवश्यक रहेको विद्यालयले जनाएको छ।

विद्यालयले जारी गरेको सूचनाअनुसार माध्यमिक तह (तृतीय स्तर, स्थायी करार अन्तर्गत) को लागि १ जना विज्ञान शिक्षक माग गरिएको हो। इच्छुक उम्मेदवारले बी.एस्सी. उत्तीर्ण गरेको हुनुपर्नेछ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन शुल्क रु. २,००० तोकिएको छ। छनोट प्रक्रिया लिखित, मौखिक तथा प्रयोगात्मक हुने विद्यालयले जनाएको छ।

आवेदन दिनुपर्ने अन्तिम मिति २०८२ असोज ७ गते (कार्यालय समयभित्र) रहेको छ भने सम्पर्क मिति २०८२ असोज ८ गते तोकिएको छ।

आवश्यक कागजातहरूमा शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, शैक्षिक अनुभव प्रमाणपत्र, दरखास्त निवेदन तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू संलग्न गर्नुपर्नेछ।

विद्यालयका प्राचार्य बुदुराज अवस्थीले सूचनामार्फत योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेका छन्।

 जानकारीका लागि सम्पर्क:

  • प्र.अ. ९८४८५६५६६१

  • विद्यालय व्यवस्थापन समिति अध्यक्ष: ९८४८७२५७५१

  • लेखापाल: ९८४८५७१३२६

तपाइँको प्रतिक्रिया ।