बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुल अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा विजयी

बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुल अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा विजयी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१।

जोन डुवी स्कूल(John Dewey H.S. School) कपनमार्ग, महाराजगञ्जद्धारा आयोजित “अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०८२” मा का.म.पा. ६ रामहिटी , बौद्धमा अवस्थित बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलले आज भएको फाइनल खेलमा चेल्सी वल्र्ड स्कुललाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
उक्त प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट खेलाडी आर्या ढकाल साथै प्रतियोगिताको छात्रातर्फ उत्कृष्ट खेलाडीको उपाधी यसै विद्यालयकी छात्रा लमु तामाङले प्राप्त गरेकी छिन् ।
यसै क्रममा, मिति २०८२ भदौ १३/१४/१५ गते नेसा(NESA) अन्तर्गतका सदस्य विद्यालयहरु बिच भएको अन्तर –विद्यालय बास्केटबल प्रतियोगितामा पनि यसै विद्यालयका छात्र तथा छात्रा दुबै टिममा प्रथम स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा उत्कृष्टखेलाडीको उपाधी छात्रतर्फ प्रताप सुनार र छात्रातर्पm लकिसा तामाङले प्राप्त गरेका छन् ।

विद्यालयले गुणस्तरीय शिक्षालाई मात्र जोड नदिइ विद्यार्थीहरुको नेतृत्व तथा चौतर्फी विकासका लागि आवश्यक अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदै आइरहेकोले यो सफलता हात परेको कुरा विद्यालयका प्रिन्सिपल ललित शर्माले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।