जनउद्धार माध्यमिक विद्यालय बुढानिलकण्ठ -१३ मा गणित र अंग्रेजी विषयका शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १७।
बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको जनउद्धार माध्यमिक विद्यालयले गणित र अंग्रेजी विषयका शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
विज्ञापन नं. ०७/०८२/०८३ र ०८/०८२/०८३ अन्तर्गत माध्यमिक तहमा गणित र अंग्रेजी विषयमा एक–एक जना शिक्षक आवश्यक रहेको विद्यालयले जनाएको छ।
शिक्षक पदका लागि सम्बन्धित विषयमा स्नातक (B.Ed.) उत्तीर्ण, अध्यापन अनुमति पत्र प्राप्त गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। उमेर सीमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको (महिला हकमा ४५ वर्ष) हुनुपर्नेछ।
दरखास्त पेश गर्ने अन्तिम मिति २०८२/०५/२७ तोकिएको छ भने लिखित, मौखिक र प्राविधिक मूल्याङ्कनमार्फत छनोट गरिने विद्यालयले जनाएको छ।
दरखास्त शुल्क रु. १,५०० तोकिएको छ। आवेदन फाराम विद्यालयमा वा इमेल sjanaunddhar@gmail.com मार्फत पेश गर्न सकिनेछ।
तपाइँको प्रतिक्रिया ।
