बुढानीलकण्ठ–९ मा इन्द्रजात्रा अवसरमा विशेष कार्यक्रम हुँदै

बुढानीलकण्ठ–९ मा इन्द्रजात्रा अवसरमा विशेष कार्यक्रम हुँदै

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

बुढानीलकण्ठ नगरपालिका–९  वडा कार्यालय र कुमारी मन्दिर टोल सुधार उपभोक्ता समितिको संयुक्त आयोजनामा आगामी २०८२ भदौ २१ गते इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

मण्डिखाटारस्थित कुमारी मन्दिर परिसरमा हुने उक्त कार्यक्रममा खैजडी भजन, लाखे नाच र कुमारी पूजा विशेष आकर्षण हुनेछन्।

आयोजकले धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको यस कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा शुभेच्छुकहरूलाई  २०८२ भदौ २१ गते इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ उस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।