उर्जा : देबीप्रसाद थापा ‘मामा’ ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
थकित पाइलाहरू चाल्दै म अघि बढ्दैथेँ ।
बाटोमा एउटा सानो जङ्गल भेटाएँ ।
उसले प्रश्न ग¥यो,“के भयो तिमीलाई ?”
म बोलिनँ । उभी रहेँ ।
उसले अझ थप्यो, “कुनै दिन म पनि त्यो पर कोसौँ दुर देखिँने पर्वतको अभिन्न अङ्ग थिए । मेरा पनि ठूल्ठूला सपनाहरू थिए ।”
मैले एकपटक त्यो कोसौँ दुर देखिँने पर्वतलाई हेरेँ अनि अर्कोपटक मेरै सामुन्ने रहेको सानो जङ्गललाई निहालेँ ।
म बोल्न खोज्दैथेँ तर उसले जितेर भन्यो, “नियतिसँग केही लाग्दैन । मलाई एउटा पहिरोको तीव्र गतिले छुट्याएर यता ल्यायो । अब मलाई त्यो ठूला पर्वतसँग जोडिनु छैन ।”
अहिले पनि उसका अनुहारमा उत्तिकै चमक थियो ।
उसले पुनः कुरा थप्यो, “अहिले म यी सासाना गाउँहरूका निम्ति जिन्दगी बनेको छु । मलाई मार्ग फेरिएकोमा रतिभर खेद छैन ।”
यतिबेला मेरा थकित पाइलाहरूमा नयाँ उर्जा थपिएको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
