मेरो गाउँ : अञ्जली शाही (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
कर्णालीको जुम्ला मेरो प्यारो गाउँ
साह्रै राम्रो लाग्छ मलाई मेरो ठाउँ
जन्मिएँ, हुर्किएँ, खेलेँ सधैँ रमाउँदै
हृदयमा नौ लाखप्रीतिजमाउँदै ।
चिसो हावापानीले सधैँ मन तान्छ
जहाँपुगे पनि मन त्यतै जान्छ
मजा आउँछ छानेर खाँदा स्याउ
मेरो गाउँमाबस्नलाग्दैन नि झ्याउ ।
प्राकृतिक सौन्दर्यमा रम्नलाई पाइन्छ
रमाएर मार्सी धानको चामल खाइन्छ
मेरो गाउँमा फल्छ मीठो मार्सी धान
मेरो गाउँले देशको बढाएको छ सान ।
मेरो गाउँकामानिसको राम्रो छ बानी
मेरो गाउँ सुन्दरताको सधैँ महारानी
तीलानदी बग्छ भएर अतिपवित्र
मेरो गाउँको मेरो दिलमा छ चित्र ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
