मुक्तक : रामकुमार श्रेष्ठ फुच्चे

मुक्तक : रामकुमार श्रेष्ठ फुच्चे

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४।

आँखा भरि आँसु हुन्छ चाडवाड आए सी,
रित्तो आत्माकिन छुन्छ चावाड आए सी ।
थालभरी रातोटिका आखाभरी आँसु ढिका,
अभावले जालो बुन्छ चाडवाड आए सी ।।

हरक्षण मगमगाऊने प्रेमको अत्तर बनाउनु छ,
प्रेम रुपी एउटा सुन्दर शहर बनाउनु छ ।
यीदेखावटी प्रेम गर्नेहरूका अगाडि,
हाम्रो प्रेम अटुट अनि अमर बनाउनु छ ।।

जतीतलतान्यो माथि नै सर्छ बिदेशीपहिरन,
देख्नेले आखा छोप्नु पो पर्छ बिदेशीपहिरन ।
शिर पाउ छोप्छन हाम्रा चेली र पनिउत्तौली,
यस्तै हो भने त अस्तीत्व हर्छ बिदेशीपहिरन ।।

शिक्षाक्षेत्र अस्त व्यस्त बनेपछि तनावमा छु,
खस्कदैछ शैक्षिक स्तर भनेपछि तनावमा छु ।
देशको मुहार बदल्न के गर्ने खै सम्पादक ज्यु ?
आफ्नाले नै उल्टै जरा खनेपछि तनावमा छु ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।