बाल गीत : सुशील आचार्य
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
आउ आउ लौ पढ्न आउ
धेरै पढि भबिष्य बनाउ
अति रमाईलो हुन्छ स्कुल पढ्न आउँदा
अनि ज्ञान बुद्धि बढ्छ शिक्षकले पढाउँदा
खाजा खाने छुट्टी हुँदा मिठो खाजा खाईने
साथीभाई संग खेल खेलेर रमाईने
बाबा आमा धेरै खुशी बाला पढ्न आउँदा
बाला पनि धेरै खुशी स्कुल पोसाक लाउँदा
हेर बाला ईज्यत बढछ स्कुल पढ्न पाई
आउँने जाने गर्नु सधै रमाई रमाई
आहा हाम्रा बालाहरू स्कुल पढेर
चौतर्फी नै बिकास गर्छन् अगाडि बढेर
अति सचेत हुन्छन् पक्कै बालक्लव खोली
मिजासिलो हुन्छ हेर तिनको मिठो बोली ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
