गौरव : तृष्णा श्रेष्ठ (कविता )

गौरव :  तृष्णा श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

स्वर्ग झैँ प्यारो छ
मेरो सुन्दर गाउँ ।
जात्रा पर्व मेला लाग्ने
ऐतिहासिक ठाउँ ।

जातजाति अनेकौं छन्
अनेकौं छन् भाषा ।
भेदभाव गर्दैनन् है
सबैलाई ठान्छन् आफ्ना ।

शिखरचुली, बुढाबुढी र महभीर झरना
त्रिशूल डाडा पर्यटकको राज ।
सुन्दर शौल त्रिपुरा सुन्दरी
माइको छ आशिष ।

श्रम शीप र सिर्जनाले
हाम्रो गाउँ भर्छौ ।
जन्मभूमि कर्मभूमि
उच्च गौरव गर्छौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।