मुक्तक : शशीश्री आचार्य
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
सपना हराएका छन् अनुहारहरू खिन्न,
न्यायको बाटोमै चिप्लिन्छन् पाइला भिन्न ।
यो मुलुक हाम्रो हो भन्नु अब त दुःस्वप्न लाग्छ,
भोको पेटको चित्कारले हल्लाउँछ अन्तर चिन्न ।
कसैको झोली भरिन्छ सुनचाँदीको माल,
अरूको भागमा हुन्छ आँसु, रित्तो पाल ।
सपना त देख्थे सबैले सँगसँगै बाँच्ने,
भोकै पेट बगाउँछ आँशुको बग्छ नाल ।
भोकले च्यातिन्छ पेट, आशाले बाँच्दछ भेस
सत्ताले भुलाउँछ सत्य, सपना बनाइन्छ देश
रातभरि निद्रा हैन छटपटी मात्र बाँकी छ,
रित्तो थालीको पीडा बुझ्दैन दौडिएको रेस।
अन्न छैन थालमा, आँशु पोखि बन्छ ताल
कुन जातको शासन हो जहाँ रित्तिन्छ खाल ?
छोराछोरी रुँदै भन्छन् आमा, भोक लाग्यो,
राजनीति मात्र तात्दछु यहाँ, तर चिसिन्छ दाल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
