सन राइज बोर्डिङ्ग स्कुलले अन्तर विद्यालय फुट्सल प्रतियोगितामा दितीय स्थान हाशिल गर्यो
कपन अनलाइन
काठमाडौँ, साउन ३०।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको सन राइज बोर्डिङ्ग स्कुलले अन्तर विद्यालय फुट्सल प्रतियोगितामा दितीय स्थान हाशिल गरेको छ।
बुढानिलकण्ठका कुल ३६ विद्यालयको सहभागिता रहेको Cerin Inter School Futsal Tournament Season 4 मा Sunrise Boarding School ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा विद्यालयका खेलाडीहरूले उत्कृष्ट खेलकौशल र टिमवर्क प्रस्तुत गर्दै अन्तिमसम्म रोमाञ्चक प्रतिस्पर्धा गरेका थिए।
विद्यालय परिवारले यो सफलतामा योगदान पुर्याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेको छ।
तपाइँको प्रतिक्रिया ।
