नेपाललाई विश्वको शैक्षिक हब बनाउन नेसनल प्याब्सनको सङ्कल्प

नेपाललाई विश्वको शैक्षिक हब बनाउन नेसनल प्याब्सनको सङ्कल्प

कपन अनलाइन

काठमाडौं, साउन २२ ।

नेपाललाई विश्वको शैक्षिक हब बनाउने लक्ष्यसहित नेसनल प्याब्सनले देशव्यापी अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत टल्क शो, प्यानल डिस्कसन, अन्तरक्रियात्मक गोष्ठी, र शैक्षिक कार्यक्रमहरूको श्रृंखला सञ्चालन गरिने भएको छ।

कार्यक्रमहरूको मुख्य उद्देश्य नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक गन्तव्य बनाउँदै शिक्षा, पूर्वाधार, र शैक्षिक नीतिमा सुधारको बाटो खोल्ने रहेको छ।

नेसनल प्याब्सनका केन्द्रीय पदाधिकारीहरूका अनुसार, सुरु हुन लागेको “नेपाललाई विश्वको शैक्षिक हब कसरी बनाउने?” शीर्षकको टल्क शो कार्यक्रम र श्रृंखलाबद्ध अन्य गतिविधिहरूले नीति निर्माता, शिक्षा विज्ञ, विद्यार्थी र अभिभावक सबैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस अभियानमार्फत नेपालको शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै विदेशी विद्यार्थी भर्ना र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने लक्ष्य राखिएको छ।

तपाइँको प्रतिक्रिया ।