श्री रत्नराज्य माध्यमिक विद्यालयमा माध्यमिक विज्ञान शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौँ, साउन १९।
काठमाडौं महानगरपालिका अन्तर्गत बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयले माध्यमिक तहमा विज्ञान विषय अध्यापन गराउन शिक्षकको आवश्यकता रहेको जनाएको छ। विद्यालयले एक जना योग्य शिक्षकको करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
विद्यालयको सूचनामा उल्लेख भएअनुसार दरखास्त दिने अन्तिम मिति २०८१ साल साउन २५ गतेसम्म रहेको छ। आवेदन दिने उम्मेदवारले नेपाली नागरिक हुनुका साथै स्नातक तह वा सो सरह उत्तीर्ण गरी आवश्यक तालिम प्राप्त गरेको प्रमाण पेस गर्नुपर्नेछ।
पद विवरण यसप्रकार छ:
-
पद: शिक्षक (विज्ञान विषय)
-
तह: माध्यमिक (दोस्रो श्रेणी)
-
दरखास्त दस्तुर: रु. १०००
-
योग्यता: विज्ञान विषयमा स्नातक वा सो सरह, तालिमप्राप्त
-
परीक्षा विधि: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रायोगात्मक
-
वय सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
साथै आवेदन दिनेसँग नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, दरखास्त दस्तुर बुझाएको रसिद र अन्य आवश्यक कागजातहरू हुनुपर्नेछ।
आवेदन पेस गर्न विद्यालयको सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ। समयमा दरखास्त नदिने र आवश्यक कागजात नपेस गर्ने उम्मेदवारको निवेदन अस्वीकृत गरिने सूचनामा उल्लेख छ।
अधिक जानकारीको लागि विद्यालयको इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ।
