के सुन्छौ त तिमी ? सुलभ भारती

के सुन्छौ त तिमी ?  सुलभ भारती

कपन अनलाइन

काठमाडौं, साउन३।

म आज तिम्रो मुटु बिजाएर, मनलाई जकडेर कालान्तमा डोराउदैछु जस्तो आज सपनामा दौडाएउ तिमीले मलाई !
म अहिले आक्रान्त भए पनि विवेकलाई च्यापेर तिमीलाई सम्झाइ रहेको छु, आफुलाई भिजाइरहेको छु । यो सबेरैको सान सिङ्गारको छ, सुरेली वायुको प्रवाहा जस्तै तिम्रो स्पर्श र आशुले रुझाउदो मेरो छाती र म भित्रको मनले कुनै पवित्र गङ्गालाई अञ्जुलिमा भरेर सुर्य नमन गरिरहनु परेको छैन । म शुक्राचार्य, भृगु पुत्र, ब्रम्मा भेद अहिले आफैलाई तिम्रो आशुले जिवन्त पाइरहेको छु ।मेरो सपना चित्रण चिरकाल नरहला, त्यसैले हतारहतार लेख्दैछु ।
म तिमीलाई उतार्दैछु जस्तो उता¥यौ मलाई त्यो अकल्पनीय, स्वर्ग सुझाउने, ईन्द्र रिसाउने सिहासनमा । तिमी उस्तै थियौ, मृग न य नि, मयुर भाकिनि, दिब्य तेजवि, कोकिल कुरेलि, अप्सरा सुरेली । कुनै पाउजुको खनखन छैन, नृत्यको नमन छैन्, आभुषणको सरण छैन ।न म मुरारी न तिमी राधा तर एउटा कहाँनी आज प¥यो सिरानी ।
एता उति धेरै थिए सपनाका पात्रहरू, म तिमी बाहेक अरु कसैलाई सम्झेर मेरो मस्तिष्कमा काठ्माण्डुको ट्राफिक जाम गराउन चाहान्न ।मैले बिर्सिहाले भने कुरा ? म सँग समय छैन । हामीले धुलो पनि सँगइ खायौ,ं कालो टुकटुके टेम्पोमा पनि मच्चेउ, रेस्टुरेन्ट र क्यान्टिनको चियामा पनि एउटै चम्चा घोल्यौं । जिन्दगी ट्वाक्क पुगेको गुलियो थ्यो । त्यो कल्पनाको बगैचामा एउटा पुतली भर्खर पंख सुकाएर सानो ठोट्नो पक्डेर उड्ने कसरी हावासँग सोधिरहेको थियो । यो सबै कुरा अकस्माथ भयो, तिमी प्रकट भयौ । याद र सम्झनामा फरक चाही पक्कै छ । यो दौरानमा मैले तिमीलाई सम्झिन भुलिसकेको छु । याद त साथी याद रहन्छ । न तिमी कुनै भाव भुमरी भएर मलाई लिएर जान भुम्दै थियौ । बस मलाई एती थाहा छ्, तिम्रो आखा र मेरो आखाको डोर बधाइले एत्र तत्र हास्नेहरूको गुनगुनाहट बिरल छ, सुम्सुमाहट कुइरो छ । म के गरु, धेरै कुराहरू छन जुन प्रष्टले पुकार माग्दैछ ।
म सपनाको कुरा गरुँ कि फेरि एक्छिन बिपनाको । तिमीलाई पहिलो पटक देख्दाको कुरा, म सुकुमार चरित्र पुजारी । मेरो मन धनाड्य सुनारी । म सो क्षणमै कङ्गाल भएँ । म कुमारको तिमी कुमारी, मेरो पुजाको तिमी फलादी । तिम्रो मुहारको म मोहित्, तिम्रो वास्नाको म पच्छाहट । यो सम्भोग पछिको भाले खाने माकुरोको जीवन होईन, यो र्गुगुर गर्दै पोथी फकाउने मलेवाको चलाखी हो ।
म तिमीलाई गिज्याइ रहन्थें, जिस्काइ रहन्थें । तिम्रो आकर्षण चोर्न तिम्रो केशलाई फुकेर फर्फराइरहन्थे ।म मन पढ्न सक्दिन तर तिम्रो आखामा मेरो सुहाउदो पहिरन भिजेको देख्थें । आकक्र्षयणले आकक्र्षयणसँग मित लगाएर जब हामी हातमा हात राख्थ्यौं तब उल्लासको सिमाले मेरो मुखाकृती सुर्य भएर मेरो मनोकांक्षा रावणको दाई कुबेरको बिमानमा तृलोक भ्रमण गथ्र्यो । ल है त यथार्थ लेक्छु, मेरो एउटा मुक्तक ले ब्याख्या गर्ला कि नेपालिको बिडम्बना,एउटा प्रेमिको बहुला आराधाना । मैले लेखेथें
रातो अक्षेता टिका कुरा बेग्लै छ
डाढा–काढा ढाकिसक्यो आशिष छुट्टै छ
कामना छ हुन्छ तेरो आटेको पुग्ने छ
अमेरिका, अस्ट्रेलिया नेपाल सानो छ ।
उस्को अमेरिकाको भिजा भयो । उ निकै व्यस्थ थि ।भेट्घाट्, किन्मेल्,अरु साथीहरू सँगको बिदाइ बाबजुद पनि त्यो अन्तिम रात मलाई उस्ले पुरानो बानेश्वरदेखि चाबेल सम्मको रुटको बिक्रम टेम्पो रोकेर आउ न बस, म भोली गैहाल्छु, एकछिन भए पनि कुरा गरुँ । म मुहार हराएको, यो संसार सिद्दिएर बाचेको एउटै अभागी टुहुरो । मलाई मान्छे भन्ने कस्ले ? उ मलाई तिमी पनि अमेरिका आउ, भिजा प्रोसेस गर सम्झौदै थि । मैले सम्झे अब एती रहेछ, मैले टेम्पोको छ्त मा माझी अ्म्लाले हानेर गौसालामै साइड लगाइदिएँ । टेम्पो रोक्कियो, म ओर्लिएँ । अब उस्को भावनाको कुरा पनि छोडुँ, मेरा कसमहरूको कुरा पनि छोडुँ ।आज को सपनामा म उसैको सुकुमार थिएँ तर आखा खुले पछिको बास्तविक्ता सल्किसकेको सलाईको काटी जस्तो छ । आज म जिम्मेवारिक्, वैवाहिक्, आलोचण मुक्त राम, देवकोटाको भलाद्मी । म रविन्द्र टेगोरको पोस्टमास्टर्को रतन । जीवन अबिरल छ । मेरो आज पत्नी छे । मेरो साहित्य लेखन उस्लाई रुची छैन । तथागत मेरो भावको भवरमा मलाई रुमल्लिरहेको देखेर कहिले काही आएर पान्ना पल्टाइदिन्छे । म तेस्मा रिसाउन्न, बिश्राम लिन्छु ।
मेरो मीत पहिलो पटक मेरो सपनामा आइ ।हामिले एकले अर्कालाई देख्यौँ । उ आखाको आशु रोइ, म मनको खहरे खोलो । यो कस्तो भाव हो दैव ? मन अझै तेही छ, तन अझै तेही छ ? उस्लाई मैले दुई हातले अङ्कमाल गरें तर मैले उ अनकनाएको महसुस गरें । हामी बिच पहिले पनि केहि थिएन । तर हामी साथी । उ दुइ हातले मेरो छातिमा मुड्किले हान्दै, मेरो छाती उस्को आशुले रुझाउदै के भन्दै थि, त्यो पनि थाहा छैन । उसको घर जादा फुफु गरेर उम्लेको अण्डा खान्देको थाहा छ । उ बिरामी हुँदा; उस्को आखामा छेस्को पस्दा, भावले बिभोर भएर म भेट्न गएको याद छ । मलाई अरु धेरै कुरा याद छ । जुन मुड्किले आज राती बिउझिए म एक दिनको कुरा हो; उ भन्दै थि, “मेरो दाहिने हातको नाडी किन–किन दुख्छ, थिच्यो भने अलि–अली सन्चो हुन्छ, थिचिदेउन । मैले मायाले सुम्सुमाएँ । उसले अलि बेस्कन थिच्न जोड दि । मैले पनि जोड लगाएँ । उसले अझ बल माझि, अब त मेरो बलले उसको हातै भाचिन्थ्यो । अनी मैले मेरो बल को बेहुली अन्माइदिएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।