नव स्वस्थानी :रामराजा के. सी.( लघुकथा)

नव स्वस्थानी :रामराजा के. सी.( लघुकथा)

कपन अनलाइन

काठमाडौं,असार २१ ।

शिव शर्मा मान्दै मानेनन् ।
शिव भट्टले घुर्की लगाउँदै भने,
“हेर्नुहोस् बाबा, म बूढो भए पनि हजुरकी छोरीलाई मायाले पाल्छु । बुढो मान्छेले झनै बढी माया दिन्छ । यति कुरा हेक्का राख्नुहोस् ।”
शिवशर्मा झस्किए आफ्नै उमेरको मान्छेले ‘बाबा’ भनेर सम्बोधन गरेपछि । अनि झर्किँदै भने,
“म कसरी तिम्रा बाबा भएँ ?यति सानी बालिका छोरी कसरी तिमी जस्तो बुढो मान्छेलाई दिऊँ ?”
शिव भट्ट केही नमिठो हाँसोसहित जिद्दी भए,
“हजुरकी छोरी नपाए झुन्डिएर मर्छु । छोरी दिएपछि त ससुरा हुनुहुन्छ नि ! अनि बाबा पनि भएन त ?”
यसरी हत्ते हालेपछि, शिवशर्माले सात वर्षकी नाबालिका छोरी गोमालाई सत्तरी वर्षका शिव भट्टलाई कन्यादान दिए ।
श्यामले छोरीलाई सम्झाउँदै भने,
“हेर छोरी, यो त स्वस्थानीदेखि चल्दै आएको चलन हो । खाडी मुलुक हो र यो ? अस्ट्रेलियाको पी.आर. भएको केटा पाएपछि के चाहियो फेरि ? मभन्दा तिन वर्ष कान्छो नै छ । तिमी पनि अब बाइस वर्ष भइसक्यौ । अनि, त्यो पहिलाकी श्रीमतीसँग डिभोर्स भइसकेको रहेछ । मान देउ छोरी, राम्रै हो !”
छोरीले भित्तामा टाँगिएको स्वस्थानीको चित्र हेर्दै, मुन्टो हलाइ ।
सय वर्ष पुरानो चक्र अझै चलिरहेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।