बाढी पीडित  मिलनचोकवासीको पिडा : बालेन सरले त झुक्काउनु भयो, मिठाराम सरले बुझ्नु होला कि ?

बाढी पीडित  मिलनचोकवासीको पिडा : बालेन सरले त झुक्काउनु भयो, मिठाराम सरले बुझ्नु होला कि ?

कपन अनलाइन

काठमाडौं,असार १६।

बुढानिलकण्ठ नगरपालिका वडा -१० र काठमाडौं महानगरपालिका वडा -६ जोडने कपन मिलनचोक सडक मुख्य मार्गका रुपमा रहेको छ।
बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपलिका जोड्ने यस सडक विचबाट बग्ने यज्ञमति खोला र त्यसमा आउने बाढीका कारण मिलनचोकवासीले चरम पिडा भोगेको पनि धेरै भैसकेको छ।
काठमाडौं महानगरले खोला खोले संगै उक्त स्थानका धेरै घरहरु अहिले खन्डहरमा परिणत भएका छन भने केही स्कुल र अन्य ब्यव्सायिक संस्थाहरु बिस्थपित नै भएका छन।
तर यहाँ चर्चा गर्न लागिएको विषय भने सो सडकमा पर्ने खोला र त्यसमा पुल नहुदा भोग्नु परेको अथाह पिडाका बारेमामा रहेको छ।
जब जब पानी पर्छ तब तब त्यस खोलामा आएको बाढीका कारण सडक खोलामा परिणत हुन्छ जसले गर्दा उक्त क्षेत्रमा सवारी साधनको आवागमन पुरै प्रभावित हुने गरेको छ।अझ विध्यालयहरु छुट्ने समयमा त यसले निकै ठुलो अशर पार्ने गरेको छ।
कपन क्षेत्रको मुख्य सडक भएकोले निकै ठुलो सवारी चाप हुने गरेको सो स्थानमा बाढीका कारण वार पार हुन नसक्ने अव्सथाले धेरै सवारीहरु बाढी घट्ने र सडक काट्ने आशमा पर्खनु पर्ने बाध्यताबाट पीडित बनेका छन।
सो क्षेत्रमा खोला खोल्दा काठमाडौं महानगरपलिकाले पुल निर्माण गर्ने प्रतिवदत्ता गरे पनि हाल सम्म त्यसको कुनै तयारी समेत देखिएको छैन भन्दै स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन।
सो स्थानमा अहिले तत्काललाई अस्थायी मात्र भए पनि पुल निर्माण भए कम्तीमा सवारी साधनहरु चल्ने अवस्था हुने थियो भन्दै स्थानियहरुले त्यसको पहल गर्न बुढानिलकण्ठ नगरपालिकालाई माग समेत गरेका छन।
कपन अनलाइन  स्थलगत अध्ययनका लागि पुग्दा सवारी साधनको लामो लाइन हेर्दै बाढी घटने प्रतीक्षामा रहेका स्थानीयहरुले दुख व्यक्त गर्दै भने <span;>बालेन सरले त झुक्काउनु भयो, मिठाराम सरले बुझ्नु होला कि ?

तपाइँको प्रतिक्रिया ।