पतञ्जली काण्ड : वासुदेव पौडेल

पतञ्जली काण्ड : वासुदेव पौडेल

कपन अनलाइन

काठमाण्डौ,असार १४।

बाबा राम पतञ्जली मुकुटमा बद्नाम नेपालमा
आयुर्वेद बिकास नाम पगरी जग्गा दलाली यहाँ ।
सेवा योग उद्योग वा जडिबुटी देखाउने दाँत छन्
सत्ता स्वार्थ र लोभ निर्णय सबै भोगाइ पर्खाइ छन् ।।

ठुलो मच्छर अख्तियार बलमा मुद्दा बेहोर्नै प¥यो
सत्ता स्वाद रमाइला पलहरू हेर्दै ढल्यो त्यो ढल्यो ।
अर्काको प्रतिशोध कानुन नहोस् एकाम्य चारैतिर
यो यौटा उपलब्धता नजिर होस् आचार आफैतिर ।।

हौवामा सब वासनाहरू जुटे नेता भए चाकर
बाबाका सहयोग घातक गरे दुर्भाबना पालक ।
दुष्कर्मी कसरी ? बन्यो प्रमुखमा नेपालका माथमा
नेपाली हित कर्मयोग सहसा आक्रान्त का हातमा ।।

सत्ता स्वार्थ नहोस् खराव पनको दोषी रहोस् जेलमा
निर्दोषी नपरोस् सजाय जसरी कुण्ठा नहोस् न्यायमा ।
झोले तस्कर कम्पनी करछली नेपालमा उर्बर
देखादेख जुटे लुटे सबथरी भागे समुन्द्री पर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।