बाल मुक्तक : सुशील आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ,असार १४।
बालवालिकाले ल है हिंड्न हुन्न भागी
बाल्यकालमै लेखपढ गर्नु ल है आफ्नै लागि
त्यै भएर सबै बालवालिकाले अब
स्कुल जाने माहोल बनाउ एक गर्दे जागी
लौन अब हाम्रो कुरा कस्ले सुनिदेला
स्कुल पढन जानलाई भईसक्यो अबेला
साहुको घरको काम सिध्याई पढ्न जाँदा खेरी
बाल श्रमिक आयो भनी गर्न सक्छन् हेँला ।
सुनौं सुनौं साथीभाइ बालहकका कुरा
संसारभर नै चर्चा छ है ऐले यसको पुरा
बाल्यकाल भनेको हो भबिष्यको आधार
तिनको मनले सोच्या कुरा नराखिदेउ अधुरा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
