भुतको घर :बालकृष्ण गजुरेल (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असार १०।
डाँडा माथिको सुन्दर घर भब्य थियो । पैसा हुनेलाई प्रकृतिको काख स्वर्ग थियो । अत: बिदेशी हिमाल, पहाड र तराई डुल्थे । नेपाली डुल्ने भनेको सरकारी कार्यलय मात्र थियो । कर जति किसानले तीर्न परेपछि देश कंगाल हुने नै भयो । जागिरे सिधैमाग राख्थे । धर्ना कस्थे । तलब बृध्दि हुन्थ्यो । व्यापारी छुट खोज्थे । किसानले न मल न सुविधा पाउँथे । भिआइपी पाल्ने जति किसान मात्र भए ।
माइकल चुप लागेर बसेन । उसले आरु पखरा टिप्यो । स्थानीय धारामा पानी थाप्यो । किन किन उस्लाई अचम्म लाग्यो । फेरि गाइडलाई सोध्यो, “होइन, भगवान बस्ने स्वर्गमा मान्छेको वास हुन्न र ?”
बेथिती र शाषकिय शैलीको उपद्रोबाट यूवाहरु दिनहुँ देश छोड्दै थिए । के भन्नू ? पाँच लाख स्नातक गर्ने बाहिरी सकेका थिए । गाइड अक्क न बक्क पर्यो । देश नै भुतको घर जस्तो भएपछि बाध्य भएर ऊ बोल्यो, “धन नभएपछि भोक मेटाउन बिदेश जानू भयो होला ।”
तपाइँको प्रतिक्रिया ।
