उक्ति स्मरण : विक्रम श्रेष्ठ सागर ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार ७ ।
असनबाट भोटाहिटी हुदै बिदेशबाट हालै फर्केकी रस्मिला अनुहारमा भिन्न रंग पोतेर आफूलाई खुबै आकर्र्षक बनाई हाउ भाउ कटाक्षका साथ कम्मर मस्काउदै, हात हल्लाउदै वीर अस्पतालको बाटो हुँदै नयाँ सडक तर्फ लागिरहेकी थिइन ।
ठाँउ अनुसार भिडभाड हुन नौलो र अस्वाभाविक थिएन । तथापी रस्मिलालाई नदेख्ने र नहेर्ने बटुवा भने विरलै थिए । गन्तव्यको होड बाजीमा एक बृृद्ध कारणवश लड््न पुगे । तत्कालै कसैको ध्यान पुग्न नसकिरहेको अवस्थामा सहारा दिइ अस्पताल पु¥याउन एक भद्र पुरुष सफल बन्न पुगे ।
बृद्धको स्वास्थ परिक्षण पश्चात डाक्टर “धन्ना मान्नु पर्दैन । यो आषधी लिएर आउनुस” भन्दै पर्चा अगाडि बढाए ।
औषधालयमा रमेशले पर्चा अगाडि बढाउँदै “औषधी पाऊँ ” भने ।
एकै क्षणको पर्खाईमा “लिनुस” भन्दै औषधी अगाडि बढाउँदै गर्दा “कति भो ?” भन्दै खल्तीमा हात पुु¥याए संगै झस्कदै अरे ! मेरो वटुवा ( पर्स) भन्दै केहि अल्मलिए संगै आफ्नो वटुवा खल्तीबाट गायब भएको ज्ञात रमेशलार्ई भयो । भिडभाडमा यस्तै मौका खोजिरहने इमान र धर्म विनाका उचक्का पाकेटमारहरू हुन सक्ने सम्भावनाको ज्ञात हुँदा हुँदै पनि आवश्यकता अनुरुप हेक्का राख्न नसकिएकोमा स्वयं प्रति खेद प्रकट गर्दै “हेत्तेरी” भन्दै पुर्खाले भन्ने गरेको “हुलमुलमा जिउ (ज्यान) जोगाउनु अनिकालमा बिउ जोगाउनु” भन्ने उक्ति स्मरण गर्न थाले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
