केहरसिंहको विकृतिका अग्ला पर्खालहरू : ममता मृदुल (पुस्तक समीक्षा)

केहरसिंहको विकृतिका अग्ला पर्खालहरू : ममता मृदुल (पुस्तक समीक्षा)

कपन अनलाइन

काठमाण्डौ ,असार ७ ।

विषय प्रवेश :
स्याङ्जामा बुबा टीकाराम गुरुङ आमा बुद्धिमाया गुरुङको सुपुत्रका रूपमा केहरसिह गुरुङको जन्म भएको हो ।
उहाँ बीस वर्ष अगाडिदेखि क्यानाडा बस्नु हुन्छ । नेपाली भाषा साहित्यमा आफ्नो मनका भाव पोखिरहनु भएको छ । पेसाले इन्जीनियर हुनुहुन्छ। आफ्नो साहित्यिक मनमा सल्बलाएको शब्द हराउन दिनुभएको छैन । नेपाली भाषा साहित्यको निलो आकाशमा चम्किलो तारा बनेर
त्यो पनि मातृभाषामा केहरसिंह गुरुङले नेपाली भाषा साहित्यका विविध विधामा कलम चलाउनु हुन्छ । कथा लघुकथामा विशेष प्रेम पाइन्छ ।
आफू जन्मेको ठाउ स्याङजा प्रति अपार प्रेम र श्रध्दा छ । जन्मभूमि प्रतिको प्रेम कहिले मर्दैन भन्ने कुरा यो पुस्तकमा छर्लङ्ग देखिएको छ । केहरसिह गुरुङको मनमा सल्बलाएको देश प्रतिको माया र चिन्ता सङ्ग्रहमा भएको कथामा पढन सकिन्छ ।
आयामः
नेपाली भाषामा लेखिएका लामा कथाको सङ्ग्रह रहेको छ ।
आवरण कभर आर्ट हरिबहादुर नेपाली काठमाडौँ रहेको छ ।
आमा बुध्दिमाया गुरुङलाई समर्पण गरिएको छ ।
मैले भन्नु पर्दा भनेर कथाकारले धेरै कुरा थोरै शब्दमा भन्नु हुन्छ । धर्मको आडमा हुने, धनि गरिब, जातपात, काला गोरा, छुवाछुत जस्ता विभेद गरिने धेरै कुराको विषयमा उठान गरिएको छ । समाजमा गरिने हेला होचोको खुलेर लेखिएको छ ।
श्रीमती राधा गुरुङ र छोरा रविन गुरुङलाई सम्झनु भएको छ ।
प्रकाशक रविन गुरुङ हुनुहुन्छ ।
कथाभित्र पस्दाः
विकृतिका अग्ला पर्खालहरू कथासङ्ग्रह भित्रका कथामा समाजका विविध पक्षलाई उभ्याइएको छ । जात, धर्म, अर्का र आफ्नो मान्छेको अनुपम कथा छन् । समाजका खराब पक्षलाई केलाइएको छ ।
पैसा कमाउने सुरमा मस्त हुन चाहन्छ मान्छे । धनको अगाडि महादेवका तीन नेत्र भन्ने उखान यस्ता धेरै घटना समेटेर यो कथा सङ्ग्रह तयार गरिएको छ ।
पहिलो कथा
दायित्वबोधको पीडा कथामा मधु बाल्यकालमा घरबाट टाढा भई जोगी भए पनि सबैले आफ्नो जिम्मेवारीको पूरा गरेको देखेर आफूलाई पनि दायित्वबोध भएको कथा रहेको छ । साधु भएको मान्छे दायित्व बोध भएर घर फर्केको कथा छ ।
दोस्रो कथा
भ्रमका सिकारहरू रहेको छ ।
सन्तान प्राप्त गर्ने चाहनाले छद्मभेषी बाबालाई विश्वास गरिएको कथा छ । यौनरोगी बाबाले गाउँका सोझा सबैलाई छलेर भ्रमको सिकार गरेको कथा छ । मरेको भारतीयले जिउँदो नेपालीलाई बेच्छ भन्ने उखानसककग मेल खाने कथा रहेको छ ।
तेस्रो कथा विवशता रहेको छ ।
झिल्के दमाई र पार्वती नेयालीको कथामा समाजको सुन्दर चित्र कोरिएको छ । भट्टराई र नेपालीको तुलनात्मक दृष्टिकोण रहेको छ । मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने भाव जागृत गराउने कथा छ ।
चौथो कथा
सनातनी निसाफ रहेको छ
कान्छी दमिनी विधवा गर्भिणी भएकी छे । उस्को पेटको बच्चा पण्डितको हो । जन्मने बच्चा र जातपातका छुवाछुत का कुरा छन । अहिलेको समाजमा रहेको विकराल समस्या हो । कथाका माध्यमबाट सजीव चित्रण गरिएको छ ।
पाँचौँ कथामा
अनसुना आर्तनाद रहेको छ ।
शर्मा बाहुनको छोरा सवारी दुर्घटना हुन्छ । कामीले छ वर्षको बच्चा भेटेर पाल्छ । जात नाम ठेगाना नभएपछि उस्ले आफ्नो जात अर्थात थर दिन्छ । पन्ध्र वर्षपछि यो कुरा थाहा हुन्छ । जात भनेको केही होइन । मान्छेको कर्म राम्रो हुनुपर्छ भन्ने भावको कथा छ ।
छ नम्बरको कथामा अखन्डित विश्वास रहेको छ ।
यो कथामा धर्मको कुरा उठाइएको छ ।धर्म गुरुहरूको बारेमा लेखिएको छ । समाजमा रहेका विकृति विसंगतिलाई खोतल्ने प्रयास गरिएको छ ।
सातौँ कथामा
जीतमा लुटिएको जीवन रहेको छ ।
मुखिया बाको कथा छ सन्तान जन्माउन होड जस्तै छ जेठी माहिली श्रीमतीका सन्तान रहेका छन । अन्तमा सन्तान जन्माउन नसक्ने प्रमाण पत्र दिइएको कथा छ ।
आठमा
कुन्ठाग्रष्त तिर्सना रहेको छ ।पुरेत बाजेले आफ्नो यौन कुन्ठाग्रष्त तिर्सना मेटन होटल गएको कथा छ ।
नौमा
किर्ते आस्थाका वेदीहरू कथा रहेको छ ।
राष्ट्रीय सङ्घमा सुपरिवेक्षाणमा राखिएका बच्चाको बारेमा लेखिएको कथा रहेको छ ।
दसमा
दुर्लभ किस्मत अलिखानहरू रहेको छ । एउटा नेपाली धेरै वर्षपछि आफ्नो घरमा फर्केको समयमा भएको कुरा छन् । जाबो उन्तिस लाखका लागि जीवनभरि दुःख गर्न सक्दिन । यस्तो शब्द प्रयोग भएको छ ।
एघारमा
कर्म काण्डिय मिलापत्र रहेको छ ।मानव तस्करी को विषय मा लेखिएको कथा रहेको छ । बेच्न लगेका केटी सहित पक्राउ परेका दलाल मिलापत्र गरेर छुटने कथा छ । कानुन फितलो छ भन्ने भाव जागृत गराउने कथा छ ।
बाह्रौँ कथामा विकृतिका अग्ला पहाडहरू रहेको छ । स्याङजाको परिवेशमा साहू बाका कथा छ । हाम्रो समाजलाई प्रस्ट देखाउने कोसिस गरिएको छ । यो कथा केही वर्ष अगाडि लेखिएको हुनुपर्छ । अब यस्ता कथा गाउघरमा पनि नहुन सक्छ । अब मान्छेले आफूलाई यति धेरै परिवर्तन गरिसकेका छन की कसैको अधिनमा बस्न रुचाउदैनन् । मुखिया बा अथवा पण्डित बाजेको हुकुमको पालना अब कमै मात्र हुन्छ ।
भाषाशैलीः
विकृतिका अग्लो पर्खालहरू कथासङ्ग्रहमासुन्दर रूपमा विषय छनोट गरी सरल नेपाली भाषामा लेखिएको छ । रसिला कथा सरल छन् । नेपाली भाषा साहित्यमा कथाको महत्त्वपूर्ण स्थान रहेको छ । यीकथामा विम्व प्रसस्त पाइन्छ । भाव विचार र कला प्रस्तुतिका दृष्टिले सुन्दर छ । बाह्रवटा कथा समेटिएकाा छन् । आफ्नोपन झल्काउने आफ्नै वरिपरिका छन् । मनभित्रका तरङ्ग, प्रेमको झङ्कार, उकुसमुकुस र संस्कार, विकृति विसङ्गती, आडम्बर पोखिएको कथा छन् ।
पात्र र चरित्र
मुखिया बा, झिल्के दमाई, पार्वती, पण्डित बाजे, कान्छी दमिनी जस्ता पात्र छन् । नेपाली समाजका यी पात्र जताततै भेटिने सजीव पात्र हुन । जसले जहाँ बसे पनि आफ्नो रङ र रूप फेर्दैनन् । आपको रुखमा कागती नफले जस्तै मुखिया बा पात्र लाई बदल्न सकिन्न । हरेक पात्रको चरित्र सुन्दर रूपमा प्रस्तुत गरिएको छ ।
शीर्षक
विकृतिका अग्लो पर्खालहरू कथासङ्ग्रहमा राखिएको शीर्षकले कथा बोलेको छ । यस सङ्ग्रहभित्र रहेका कथामा विकृति विसङ्गतीका कुरा चर्काे आवाजमा उठाइएको छ । जात, धर्म, धनी, गरिबबीचको विभेदलाई सूक्ष्म रूपमा केलाइएको छ । नेपालभित्रको गाउँमा पसेर लेखिएका कथाले समयबिम्वलाई चित्रण गरेको छ । हरेक नेपालीले आफ्नो वरिपरि घटेका घट्नालाई भोगेका कथा लाग्छ ।
उद्देश्य
विकृतिका अग्लो पर्खालहरू कथा सङ्ग्रहमा कथाकारले आफूलाई समाजको बिचमा उभ्याउनुभएको छ । यो सजिलो छैन । आफू जन्मेर हुर्केको समाजलाई ठाडो चुनौती दिनु सजिलो छैन । विकृतिको अग्लो पहाड ढाल्ने कोसिस गरिएको छ । यो कोसिस गर्न सजिलो छैन । समाज परिवर्तन गर्छु भन्नु र गर्न अगाडि बढ्नु फरक पर्छ । हाम्रो समाजले परिवर्तनको सोचलाई नै भाच्ने योजना बनाउँछ । जुन काम सबैभन्दा पहिले हाम्रो आफन्तबाट हुन्छ । उहाँले सुरु गर्नु भएको विकृतिको अग्लो पहाड म फुटाउन सक्छु भन्ने कमै पाइन्छ । केही गर्न सकिन्छ भनेर योजना बनाउनु ठूलो कुरा हो त्यसलाई कथामा ढाल्नु धेरै ठूलो कुरा हो । आजको मान्छेले आफूलाई यति धेरै साघुरो घेरामा घेरेको छ । अगाडि बढछु भन्ने चाहना भएर पनि गर्न भ्याइन भन्छ । यी सबै कुरा गरेर मात्र समाज परिवर्तन गर्न सकिँदैन । कलममा यस्तो शक्ति छ । त्यसैले समाजलाई एउटै मालामा उनेर सजिलै परिवर्तनको बिगुल फूक्ने हौसला दिन्छ । यो हौसला केहरसिह गुरुङको यो पुस्तकले त्यो आँट दिएको छ ।
कथामा पसेर नेपालीको चिन्ता गरेर लेखिएको छ । हाम्रो समाजलाई कसरी सचेत गर्ने भन्ने उद्देश्य रहेको छ ।
निष्कर्ष
नेपाली भाषा साहित्यमा आफ्नो पहिचान बनाउन सफल व्यक्ति केहरसिंह गुरुङ हुनुहुन्छ । पैसा कमाउने सुरमा मस्त हुन चाहन्छ मान्छे । धनको अगाडि महादेवका तीन नेत्र भन्ने उखान यहाँ कमजÞोर भएको छ । पैसा त जस्ले पनि कमाउँछ । आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु नै पहिलो काम मान्नुहुन्छ । मान्छे जस्तो पनि हुनसक्छ । कठोर परिश्रम गर्ने, अल्छी ढाटेर खाने, मायामा डुबेर घरपरिवार छाड्ने, आमालाई सम्झेर कैयन वर्षपछि घर फर्कने । जस्तो पनि हुनसक्छ । जोगी मायामा डुबेर घर फर्कन सक्छ । यस्ता धेरै घटना र परिवेशलाई समेटेर यो कथासङ्ग्रह तयार गरिएको छ । कथाकार केहरसिंह गुरुङको सफल साहित्य यात्राको कामना गर्दै आजलाई बिदा माग्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।