गजल : दिपक पनेरु

गजल :  दिपक पनेरु

कपन अनलाइन

काठमाण्डौ ,असार ७ ।

जति सक्छौ मलाई गलाई देऊ ए जिन्दगी
थाकी सकें अब म थलाई देऊ ए जिन्दगी

टुटी सके सपना सबै छैन अब कुनै लक्ष्य
निर्जिव लाश सरी ढलाई देऊ ए जिन्दगी

ओढाएर कात्रो ठिक पार अब अर्थी मेरो
सजाएर चिता अनि सलाई देऊ ए जिन्दगी

नरुनु कोही साथमा आत्मा मेरो पनि रुनेछ
प्रियाको तस्वीर राखी जलाई देऊ ए जिन्दगी

भो अब प्रभु नदेऊ मलाई मनुष्य जुनी यो
फूल बनि पहरामा पलाई देऊ ए जिन्दगी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।