वेदव्यास बोर्डिंग स्कुलमा विद्यार्थीहरुको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको वेदव्यास बोर्डिंग स्कुलमा विद्यार्थीहरुको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ।
जेष्ठ १६ गते सुक्रबार सम्पन्न विद्यालय विद्यार्थी प्रमुख, भाइस प्रमुख, सिनियर सदन प्रमुख र जुनियर सदन प्रमुखको निर्वाचन सम्पन्न भएको हो।
उक्त निर्वाचनमा विद्यालय प्रमुखमा कक्षा ९ मा अध्ययनरत छात्रा सामना गौतम विद्यालय छात्र प्रमुखमा शुभम र छात्रा प्रमुखमा कृष्टी आङदेम्बे लिम्बू निर्वाचित भएका छन भने सदन पिच्छे सिनियर र जुनियर प्रमुख निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत सूर्यबहादुर चौधरीले पद तथा गोपनीयताको सपथ खुवाएका थिएभने प्रिन्सिपल सन्तोष पण्डितले व्याच र टिका लगाइदिएका थिए।
विद्यालयका भाइस प्रिन्सिपल विजय न्यौपानेले खादा लगाई विजेताहरुलाई सम्मान गरेको सो सम्मान कार्यक्रममा इन्चार्ज लगायत सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई व्याच प्रदान गरिएको थियो।


