दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

रोम रोममा भिजेको मातृ भूमिकाप्रीति
भावनामा प्रवाहित यो देशको प्रकृति
पीडा पखाल्न चाहन्छ पाई कञ्चन नदी
नआवस कुनै बाहिरी भेदको विकृति ।

नयाँ आयाम बसन्तको आउदै छ हेर
प्रकृतिमा चौतर्फ हरियाली छाउदैछ हेर
कोइलीले गला तिखार्दैछिन् मौका पाई
अब तिनले मिठो स्वरमा गाउदैछिन् हेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।