सुसेली : सुरेशचन्द्र घिमिरे (माघ विशेष)
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
खुसीको पना
मकर सङ्क्रान्तिको
शुभकामना
मकर छुने
सूर्य उत्तरायण
माघमा हुने
छ सनातन
घिउ चाकु तरुल
खाने चलन
अनेकौं स्थिति
खिचडीको पक्वान्न
सङ्क्रान्ति रीति
पुख्र्यौली जाने
पौषमा पकाएर
माघमा खाने
सङ्क्रान्ति बेला
देवघाट रिडिमा
लाग्दछ मेला
स्नान हो खास
रोगबाट मुुक्तिको
जन विश्वास
भन्दछन् सोखि
मिष्ठान्न खाना खाँदा
हुने निरोगी
समेट्ने मन
सम्बन्धमा प्रगाढ
बन्ने चलन
विश्वास लिने
तिलको आगो ताप्दा
पाप नासिने
चाड माघको
विविधता छ नाम
वर्ण जातको
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
