लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक K को तेश्रो क्याबिनेट बैठक सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
लायन्स क्लव इन्टरनेसनलको डिस्ट्रिक K को तेश्रो क्याबिनेट बैठक सम्पन्न भएको छ। पश्चिम नेपालको बाग्लुङमा डिस्ट्रिक गभर्नर निरा बज्राचार्यको अध्यक्षतामा भएको बैठकमा इन्टरनेसनल डाइरेक्टर बाल कृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहेका थिए।
देश भरका १ सय १५ लायन्स क्लवहरुको सहभागिता रहेको सो बैठकले विभिन्न प्रतिवेदनहरु पारित गर्दै आगामी फागुण महिनाको दोश्रो हप्ता पोखरामा नेसनल कन्भेन्सन गर्ने निर्णय गरेको जोन चेयरपर्सन राज बस्नेतले जानकारी दिएका छन।
सो बैठकले देश भरमा रहेका सदस्य क्लवहरुले मानव सेवामा गरेका विभिन्न कार्यहरुको वारेमा रिपोर्टिङ्ग गरिएको सो बैठकमा मानव सेवालाई थप प्रभावकारी बनाउदै तीव्रता दिने निर्णय भएको लायन्स क्लव अफ काठमाण्डौ ताराका प्रेसिडेन्ट तथा कानुन व्यवसायी संगीता श्रेष्ठले बताएकी छन।
सो बैठकले मानव सेवामा उत्कृस्ट कार्य गरे वापत जोन चेयर पर्सन राजकुमार बस्नेत, काठमाण्डौ ताराका प्रेसिडेन्ट संगीता श्रेष्ठ लगायतका लायन लिडरहरुलाई पुरस्कृत समेत गरिएको थियो।