गजल : गणेशराज गिरी
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
मैले त्यही दिन भनेको हु मेरो पछि नलाग ।
धेरै दुख अनि पीडा सहनु पर्छ पछि नलाग ।।
थाहा थियो तिम्रा धेरै चाहना अनि रहर छन ।
पूरा गर्ने क्षमता थिएन भनेकै हु पछि नलाग ।।
यो हालतमा कसरी अलग हु तिमिसङ्ग म ।
बाध्यताले घेरिरहे भनेकै हु पछि नलाग ।।
जसोतसो मनाउला बिर्सिदेउ ती अतितहरु ।
चाहे जस्तो नहोला भनेकै हु पछि नलाग ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।