गीत : जनार्दन अधिकारी ‘धड्कन’
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
मैले मेरै बाटो हिँड्दा किन रिस गर्छौ
मेरो इज्जत दागी पार्न सधैँ लागि पर्छौ
हात समाई तान्नु पर्ने खुट्टा तानी झार्यौ
जिन्दगीको यात्रा विचमै अलपत्र पार्यौ
विश्वासमा रम्न पर्ने शंका मात्र भर्छौ
मैले मेरै बाटो हिँड्दा किन रिस गर्छौ ।
अझै पनि यो मुटुमा तिम्रै माया छ नि
आँखाभरी आउँछ सँधै तिम्रो तस्वीर पनि
माया भए परिवारमा भन्न किन डर्छौ
मैले मेरै बाटो हिँड्दा किन रिस मात्रै गर्छौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।