काल आयो : विश्वजित गुप्ता (विशाल)

काल आयो : विश्वजित गुप्ता (विशाल)

कपन अनलाइन
काठमाडौं, पुस १३।
न हल्ला मचायो,
न बाजा बजायो ।
हामी रोक्न सकेनौँ,
जब काल आयो ।

न उमेर छ बढेको,
न बुढो नै भएको,
तर यमले बोलायो,
जब काल आयो ।

कहाँ जाने बचेर,
कहाँ भाग्ने लुकेर,
पीडित नेत्र रसायो ।
जब काल आयो ।

कहाँ जीवनको भर,
कहाँ यो छ अजर,
अन्तःकरण डरायो ।
जब काल आयो ।

कोही अमर छैन ।
कोही नमर्ने होइन ।
अन्धकार छायो ।
जब काल आयो ।

कोही नर्कमा धाउने,
कोही स्वर्ग नै पाउने,
सातोपुत्लो हरायो,
जब काल आयो ।

कसरी पाउने मुक्ति ?
कसरी लाउने जुक्ति ?
कसले के बतायो ?
जब काल आयो ।

कसरी माग्ने गुहार ?
कसरी भुल्ने परिवार ?
त्याग्न बाध्य बनायो ।
जब काल आयो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।