तेक्वान्दोकी संगिना वैद्यलाई काठमाडौं महानगरपालिकाको सम्मान
कपन अनलाइन
काठमाण्डौ ,मंसिर ३०।
काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगिना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नगद १ लाख ५० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् । संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी छन् ।
तपाइँको प्रतिक्रिया ।