हाम्रा तीन गरिमा : गान्धीराज काफ्ले (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
रहोस् उच्च मानमा
शिरको भूगोल
गगन विचुम्भित सारा
नेपाल हिमाल ।
रहुन् प्रेम र सानमा
पाई जनजनको विश्वास
दिइरहुन् सबैलाई अझ अग्लो परिचय
नेपाल पहाड ।
छाओस् सर्वोत्तम वैभव
उर्वरताको कल्पभूमि
अखण्ड छ गरिमा साझा
नेपाल तराइ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।