संघर्ष : अंशु भट्ट (लघुकथा)

संघर्ष : अंशु भट्ट (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १६ ।

(दृश्य १– दुई किशोर–किशोरी विशाल परालको बिटो चौतारामा थकित मुद्रामा राख्दै, निधारबाट चुहिएको पसिनाको धारा पुछ्दै टाढाको पहाडको टुप्पो निहार्छन् ।)
विनिता – ‘हे भगवान्, कस्तो जीवन ! कहिले फालिन्छ यो परालको बिटो आँगनमा ? अनि, कहिले पुगिन्छ त्यो टुप्पोमा रहेको स्कुलमा ? उफ ! साथीहरू त बास्नादार फूलजस्तै सजिएका छन्, म चाहिँ थाकेको रुखझैं यहाँ अड्किरहेकी छु । गृहकार्य त झन् गरेको छैन, आज पनि स्वाठको पिटाई पर्ने भो ।’
(उनले हेर्छिन् – स्कुलका साथीहरू बिहानको गुलाबजस्तै ताजा, चिटिक्क परेका पोसाकमा गाडीबाट ओर्लिरहेका छन्, जबकि उनी धूलोले पुरिएको पातझैं थकीत छिन् ।
नटराज – ‘तिनीहरू बगैंचाका कोमल फूलझैँ छन्, तर हामी भने चट्टानको काँडाजस्तै । तिमी त्यो रुखहरुलाई निहार्दै छै जुन बगैँचाको बिचमा मल पानी र प्रयाप्त संरक्षणमा हुर्केका छन् । हामी ती रुख हैँ जो चट्टान, भिरमा नै उम्रन्छै । सधैँ भरी मृत्युको डरमा हुर्कने प्रत्येक रुखले हरेक थोपा पानी र माटोको लागि अनगीन्ती सङ्घर्ष गरीरहेका हुन्छन् । तर एउटा कुरा याद राख विनिता, ति बगैँचामा हुर्केका एकै प्रजातिका रुख, एकै उमेरका लाई बलले हान त्यो जरादेखि पातको टुप्पोसम्म हल्लिन्छ तर चट्टानमा हुकेको रुखलाई समान बलले हान त्यो रुख हँच्किदैन । हामी पनि त्यही रुख हौँ, समय लाग्ने छ परिपक्व हुन तर जुन दिन परिपक्क हुनेछौँ त्यस दिन सम्पुर्ण रुपमा विकसित मजबुत रुखमात्र नभई सम्पुर्ण वातावरणको मेरुदण्डको रुपमा स्थापित हुनेछौँ । सङ्घर्षले हामीलाई अझ मजबुद बनाउने छ कमजोर होइन त्यसैले दुःखी होइन खुशी होउ विनिता यो सङ्घर्ष भगवानले तिमीलाई मजबुत रुख बन्नलाई दिनुभएको छ । लड जीवन पर्यन्तसम्म, सफलता तिम्रो पछाडि दौडने छ ।’
‘हिँड, उठ, हामी स्कुल पुग्नुछ । संघर्ष गर्दै हामीलाई सफलताको पछाडि लाग्न दिनेछ ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।