दुई मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।
अरुका बारीका बोडी क्या पोटिला
कसैकसैका मुक्तक क्या चोटिला
सन्तान ता आफ्नै राम्रा भन्नेगर्थे
साथी हो, खै त यहाँ त्यो लागु’भा ?
आगो निक्लन्छ रे ढुङ्गाको घर्षणमा
यो पृथ्बी अडिएको रे गुरुत्वाकर्षणमा
मान्छेहरु स्वार्थका परिधानमा सजिएपछि
सत्य पनि भिन्न भिन्न रे आआफ्ना दर्शनमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।