उज्यालो फाउन्डेसनको आयोजनामा पाँचखाल नगरपालिकामा एम्पावहर २०२४ सम्पन्न

उज्यालो फाउन्डेसनको आयोजनामा  पाँचखाल नगरपालिकामा एम्पावहर २०२४ सम्पन्न

कपन अनलाइन
काठमाडौं, कात्तिक ३०।

उज्यालो फाउण्डेशनले  पाँचखाल नगरपालिकामा सामुदायिक भेला सम्पन्न गरेको छ। सो भेलामा नगरपालिकाका उपप्रमुख  सूर्य माया दनुवारकों आतिथ्यमा नगरपालिकाका कर्मचारी, महिला स्वयंसेबीका, शिक्षक, युवा क्लबका सदस्य, महिला जनप्रतिनिधिहरुको उपस्थिति थियो।

कार्यक्रम संयोजक आज्ञा श्रेष्ठ उज्यालो फाउंडेशन र एम्पावहर २०२३ को बारेमा जानकारी दिएकी थिइन् ।एम्पावहर २०२३ को सहभागी प्रजीता ढुंगानाले पनि आफ्नो अनुभब साझागरेकी थिइन् । उनले  विगतमा गरेको  बालविवाह सम्बन्धि परियोजनाको कारण उक्त वडामा बालविवाहमा कमी आएको, नगरपालिकाको प्रांगणमा हस्तकलकों बिभिन्न सामाग्रीहरु निर्माण गरी बिक्री गरेर आगामी इंस्टिट्यूटको लागि बचत गरिएको जानकारी दिदै उनले एम्पावहर २०२४ को  ५  दिने नेतृत्व इन्स्टिच्युटको लागि पनि सम्पूर्ण भेलाका सहभागी अनिवार्य रुपमा आवेदन दिन अनुरोध समेत गरेकी थिइन्।

परियोजना संयोजक जानुका खातिवडाले एम्पावहर २०२४ अन्तर्गत मंसिर ९  बाट  १४ सम्म हुने  ५  दिने नेतृत्व इन्स्टिच्युट को बारेमा जानकारी गराउदै  उक्त इंस्टिट्यूट मा सहभागी जनाउनका लागि आवाहन पनि आज बाट नै खुला गरिएको र मंसिर ४ सम्म मात्रै आवेदन दिन मिल्ने स्पस्ट पारेकी थिइन् । सो  परियोजना अन्तर्गत ५ ओटा सामुदायिक परियोजनाका  समूहहरू निर्माण गरी प्रत्येक समूहलाई एक जना सल्लाहकार दिईनेछ। प्रत्येक समुहलाई आफ्नो परियोजना सम्पन्न गर्नको लागि २५ हजार रुपैयाँ बीज कोषमा दिईन गरिएको छ ।

सो परियोजनाका  सहभागीहरुले आआफ्नो समुदायमा विधमान समस्याहरु अथवा अभ्यासहरु (जस्ले किशोरी र महिलाहरुलाई धेरै असर गर्छ) समेटेर ५ ओटा समुदायक परियोजना गर्नेछन ।

यसै परियोजना अन्तर्गत बनेपामा रहेको पॉलिटेकनिक इंस्टिट्यूट मा तालीमका   सहभागीहरुलाई इमर्शन भ्रमणमा लाने र संस्थागत पारियोजनाको अनुगमन तथा मूल्यांकन पनि हुनेछ।उनले  एक दिने फेमिनिस्ट कॉनफेरेंस गर्ने र नेतृत्व इन्स्टिच्युटको सहभागिहरुको दिक्षान्त  समारोह पनि गरिने बताइन ।

उज्यालो फाउण्डेशन एक फेमिनिस्ट संस्था हो जुन सबै किशोरी, महिला, र गैरबाइनरी व्यक्तिहरूका लागि सिक्न र नेपालमा नेतृत्व गर्न सुरक्षित ठाउँहरू सिर्जना गर्न काम गर्दछ, साथसाथै विभिन्न नेतृत्व इन्स्टिच्युट सो समुहको लागि सञ्चालन गर्दै आएको छ। उज्यालो फाउण्डेशनले सञ्चालन गरेका महत्वपूर्ण परियोजनाहरु मध्य  एम्पावहर पनि एक हो।

२०१५ मा प्रारम्भ गरिएको एम्पावहर, एक नेतृत्व र विचार इन्क्युबेशन कार्यक्रम हो जसले महिलाहरुको नेतृत्व, क्षमता, र विचारहरूलाई अगाडि बढाउन, समुदायको समस्या समाधान गर्ने परियोजनाहरु कार्यान्वयन गर्न प्रत्यक्ष रूपमा काम गर्दछ। एम्पावहर, नेपाल भित्रका महिलाहरु (१८-२९ वर्ष) को लागि नेतृत्व, अधिकार, उद्यमशीलता, र निर्णय गर्ने कुरा सिकाउने एक कार्यक्रम हो। एम्पावहरले आजसम्म विविध पृष्ठभूमिका ९७ महिलाहरुलाई नेतृत्व प्रदान गरेको छ र वहाँहरुले १८  वटा समुदायक परियोजनाहरु नेपालको विभिन्न भु-भागमा  संचालन गरेका छ।

एम्पावहर परियोजना पाँचखालमा गर्नुको मुख्य उद्देश्य पाँचखालमा रहेका युवा महिलाहरुको स्तिथि हो। काभ्रे जिल्लामा महिलाहरूले सामाजिक, आर्थिक, र राजनीतिक सशक्तिकरणतर्फको यात्रामा महत्त्वपूर्ण अवरोधहरू सामना गरिरहेका छन्। यहाँका ५ वर्ष वा सोभन्दा माथिका महिलाहरूको अशिक्षा दर ३६.२% रहेको छ (UN Women Report, २०२१), जसले उनीहरूको आर्थिक स्वतन्त्रता र राजनीतिक सहभागिताका अवसरहरूलाई सीमित बनाएको छ।

काभ्रे जिल्लामा बालविवाहको अवस्था पनि गम्भीर छ। राष्ट्रिय तथ्यांकअनुसार, काभ्रेमा २०% भन्दा बढी किशोरीहरूले १८ वर्षभन्दा कम उमेरमा विवाह गर्न बाध्य हुनुपरेको छ, जसले उनीहरूको शिक्षा, स्वास्थ्य, र भविष्यका अवसरहरूमा नकारात्मक प्रभाव पार्दछ।

हामी यो परियोजना मार्फत पाँचखालमा भएका युवा महिलाहरुलाई नेतृत्वको बाटोमा मात्र अगाडी नसारी पूर्ण पाँचखालकै दिगो विकास गर्न तत्पर छौं।

एम्पावहर २०२३

१२ दिने नेतृत्व इन्स्टिच्युट साउन २१ देखि सुरु भई भदौ १ गतेसम्म सञ्चालन भएको थियो जसमा २३ जना सहभागीहरु रहनु भएको थियो ।

एम्पावहर २०२३ मा ५ ओटा सामुदायिक परियोजनाका  समूहहरू  थिए र प्रत्येक समूहलाई एक जना सल्लाहकार दिईएको थियो ।  जसले समुहहरूलाई परियोजना पूरा गर्न मद्दत गर्नु भयो । प्रत्येक समुहलाई आफ्नो परियोजना सम्पन्न गर्नको लागि १५ हजार रुपैयाँ बीज कोषमा दिएको थियो।

सहभागीहरुले आआफ्नो समुदायमा विधमान समस्याहरु अथवा अभ्यासहरु (जस्ले किशोरी र महिलाहरुलाई धेरै असर गर्छ) समेटेर ५ ओटा समुदायक परियोजना गर्नु भएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।