काठमाण्डौ महानगरपालिकाले ठुलो शंख्यामा कर्मचारी माग्यो …

काठमाण्डौ महानगरपालिकाले ठुलो शंख्यामा कर्मचारी माग्यो …
कपन अनलाइन
काठमाडौं, कात्तिक ७।
काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ।
महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना कर्मचारी माग गरेको हो।
आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख गरिएको  छ।
लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
तपाइँको प्रतिक्रिया ।