सङ्कल्प : जेबी खत्री (कविता )

सङ्कल्प : जेबी खत्री (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

टेक्न बाँकी छ
सङ्घार जिन्दगीको ।
तर्न बाँकी छ
जङ्घार जिन्दगीको ।
आउसँगै यात्रा गरौँ
बाटो लामो छ जिन्दगीको ।
विविध बाधा व्यबधान
भएपनि खुसी चुम्नु
छ जिन्दगीको ।
नदी झैँ बाङ्गो टिङ्गो भएर
बगे पनि सहज यात्रा
गर्नु छ जिन्दगीको ।
नअल्मलिई कहिँ कतै
आफ्नो भोगाई भित्रबाटै
अर्थ खोज्नु छ जिन्दगीको ।
बुझेर संसारलाई
खोल्नु छ रहस्य
यो जिन्दगीको ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।